Table of Content

Chapter 10 | Managing in The Global Arena | BBS firs year | Important Questions and answers

 Chatper  10 |  Managing in The Global Arena



1. Define globalization. Explain the effects of globalization in the country like Nepal.[3+7]

विश्वव्यापीकरणको परिभाषा (Definition of Globalization)
विश्वव्यापीकरण भनेको सङ्गठनका क्रियाकलापहरूलाई संसारभर फैलाउने क्रियाकलाप हो । यसले विश्वका देशहरूको अर्थव्यवस्थालाई एकीकरण गर्दछ । विश्वव्यापीकरण विश्वका आर्थिक, राजनीतिक र सांस्कृतिक पद्धतिहरूको एकीकरण हो । यसले विश्वमा विचारहरू, सामानहरू र सेवाहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्दछ । यसले राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राविधिक र वातावरणीय क्षेत्रमा विश्वव्यापी अन्तरसम्बन्धलाई बढवा दिन्छ । यसले उदारीकरण र निजीकरणलाई जोड दिन्छ । विश्वव्यापीकरणले एकीकृत र अन्तर आश्रित विश्वको अर्थतन्त्रलाई सङ्केत गर्दछ ।
Sundaram and Black का अनुसार, “विश्वव्यापीकरण त्यस्तो प्रक्रिया हो जसले कुनै पनि कार्यलाई विश्वव्यापी बनाइदिन्छ । "
विश्वव्यापीकरणको अवधारणालाई सूक्ष्म र गहन गरी दुई तहमा अध्ययन गर्न सकिन्छ । गहन तहको विश्वव्यापीकरणले विश्व अर्थतन्त्रलाई जोड दिन्छ । यस दृष्टिकोणअनुसार विश्वव्यापीकरण भनेको संसार एउटा एकीकृत आर्थिक एकाइमा विकास हुने प्रक्रिया हो अर्कोतर्फ सूक्ष्म तहको विश्वव्यापीकरणले व्यवसायको विश्वव्यापीकरणमा जोड दिन्छ ।

विश्वव्यापीकरणका असरहरू / प्रभावहरू (Effects of Globalization)

विश्वव्यापीकरण प्रक्रियाबाट प्रत्येक व्यावसायिक फर्म र राष्ट्रको अर्थतन्त्रमा कुनै न कुनै प्रभाव परेको हुन्छ । त्यसकारण विश्वव्यापीकरणका असरलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट अध्ययन गर्न सकिन्छ:

१. सकारात्मकं असरहरू (Positive Effects): विश्वव्यापीकरणका सकारात्मक असरहरू
यसप्रकार छन्ः
क. उत्पादकत्वमा तथा औद्योगिकीकरण वृद्धि (Support for productivity and industrilization):
विकासोन्मुख देशमा उच्च प्रविधि र व्यवस्थापकीय सिप र सही सदुपयोगबाट उत्पादन र उत्पादकत्वमा सुधार ल्याउन सकिन्छ । यसबाट न्यून लागतमा उच्च लाभ लिन सकिन्छ । विश्वव्यापीकरणले खुला बजार अर्थतन्त्रको सुरूवात गर्दछ जसले गर्दा गुणस्तरीय वस्तु तथा सेवाहरूले संसारको जुनसुकै भार्गमा स्वतन्त्र रूपले प्रवेश पाउँछन् । यस्तै प्रकारले यसले सहयोगी राष्ट्रहरूबिच लगानी गर्नका लागि एउटा ठुलो क्षेत्र सिर्जना गरिदिन्छ ।

ख. रोजगारी र जीवनस्तरमा वृद्धि (Develops income / employment and living standard);
विश्वव्यापीकरणले मानिसको जीवनस्तर वृद्धि गर्दछ । विश्वव्यापी व्यवसायले मानिसहरूलाई विभिन्न देशहरूको आर्थिक अवस्था, स्वास्थ्य सुविधा, शैक्षिक प्रणाली, संस्कृति, परम्परा र रीतिरिवाज आदि बुझ्न सहयोग पुयाउँछ । व्यावसायिक कारोबारको रोजगारीको अवसर सृजना हुन्छ जसले गर्दा मानिसहरूको जीवनस्तर वृद्धि हुन्छ । बहुराष्ट्रिय कम्पनीहरू रोजगारीका स्रोतहरू हुन् । अल्पविकसित देशका मानिसहरूले आफ्नो योग्यता र सिपअनुसार बहुराष्ट्रिय कम्पनीका प्रशासनिक र प्राविधिक क्षेत्रमा रोजगारीको अवसर पाउँछन् ।

ग. पूँजी र प्रविधिको हस्तान्तरण (Transfer of capital and technology):
विश्वव्यापीकरण विकसित देशको पूँजी, प्रविधि एवम् व्यवस्थापकीय ज्ञान, विकासोन्मुख राष्ट्रहरूमा हस्तान्तरण गर्नमा मद्दत गर्दछ ।

घ. व्यापारका अवरोधहरूलाई हटाउँछ (Elimination of trade barriers):
बहुराष्ट्रिय कम्पनीहरूले अन्तर्राष्ट्रिय तहमा व्यापारका व्यवधानहरूलाई (barriers) कम गर्न सहयोग गर्दछन्। बहुराष्ट्रिय कम्पनीहरूले संसारका विभिन्न भागमा सक्षम व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग गरेर र व्यवसाय सञ्चालन गर्दछन् ।

ङ. अन्तर्राष्ट्रिय सहयोग बढाउँछ (Promote international co-operation):
बहुराष्ट्रिय कम्पनीहरूले संसारका विभिन्न राष्ट्रहरूका विचमा पारस्परिक सहयोगको विकास गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछन् । अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग आर्थिक सहयोग र आर्थिक विकासमा आधारित हुन्छ । बहुराष्ट्रिय कम्पनी अन्तर्राष्ट्रिय सहयोगको एउटा महत्त्वपूर्ण माध्यम हो ।

२. नकारात्मक असरहरू (Negative Effects): विश्वव्यापीकरणका नकारात्मक असरहरू यसप्रकार छन्:

क. राष्ट्रिय स्वाधिनतामा ह्रास र स्थानीय उद्योगहरूको विस्थापन (Threats of national soverignty and domestic business ) :
स्थानीय तहका उद्योगहरूले बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् किनभने बहुराष्ट्रिय कम्पनीहरूले अति आधुनिक प्रविधि प्रयोग गर्छन् र अति ठुलो मात्रामा वस्तुहरूको उत्पादन गर्दछन् । यी मझौला तथा साना तहका हाते उद्योगहरू कि त विस्थापित हुन्छन्, कि त बहुराष्ट्रिय कम्पनीहरूसँग आत्मसमर्पण गर्न बाध्य हुन्छन् । एउटा खुला बजार अर्थतन्त्रमा बहुराष्ट्रिय निगमहरूले आर्थिक क्षमता प्राप्त गर्दछन् । तिनीहरूले विकासोन्मुख राष्ट्रका सरकार र पार्टीहरूलाई आफ्नो फाइदाअनुसार नियम र नीतिहरूलाई परिवर्तन गर्न अनावश्यक दवाब दिन सक्छन् ।

ख. आर्थिक शोषण (Economic exploitation):
बहुर्राष्ट्रिय कम्पनीहरूले गरिव देशका कच्चापदार्थहरू र मजदूरहरू सस्तो ज्यालामा प्रयोग गर्दछन् । यिनीहरूले मूल देशका मजदुरहरूको तुलनामा स्थानीय मजदुरलाई कम ज्याला दिन्छन् । यसरी विकसित देशहरूले बहुराष्ट्रिय कम्पनीहरूका माध्यमबाट विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक रूपमा शोषण गर्दछन् ।

ग. आयको असमान वितरण (Unequal partnership / income distribution):
विश्वव्यापीकरणले बहुराष्ट्रिय कम्पनीका माध्यमबाट विश्व बजारमा आफ्नो व्यवसाय फैलाउँछन् । आम्दानीको मुख्य हिस्सा आफै लिन्छन् र विकासोन्मुख राष्ट्रमा नयाँ र उच्च तहका आय आर्जन गर्ने समूह निर्माण गर्दछ । यसले एउटै देशमा धनी र गरिब विचको खाडललाई अझ गहिरो पारिदिन्छ |

घ. सामाजिक र सांस्कृतिक मूल्यमा चुनौती सिर्जना गर्नु (Creates threats to social and cultural value):
विश्वव्यापीकरणले संसारको कुनै पनि भागमा वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवागमनलाई सहयोग गर्दछ । यसले एक देशको सामाजिक र सांस्कृतिक मूल्य, मान्यतालाई अर्को देशमा लैजान्छ । यसरी एउटा समुदायको सांस्कृतिक र सामाजिक प्रणाली अर्को समुदायमा स्थानान्तरण हुँदा एउटा समुदायको नै सामाजिक र सांस्कृतिक मूल्यमान्यता नै लोप भएर जान सक्छ ।'

ङ. एकाधिकारको सुरूवात (Initiates monopoly power):
वस्तुहरूको विशिष्टीकरण र बहुराष्ट्रिय निगमहरूको प्रभावकारी व्यवस्थापन प्रणालीले प्रतिस्पर्धात्मक बजारमा पनि उनीहरूलाई एकाधिकार प्राप्त हुन्छ । आधुनिक प्रविधिको प्रयोग, आफ्नो व्यापार चिह्न, ख्याति (goodwill) र राम्रो वितरण प्रणाली सञ्जाल (network) नै बहुराष्ट्रिय निगमहरूका मुख्य आधारहरू हुन् ।

च. प्रतिस्पर्धामा वृद्धि ( Increases competition):
विश्वव्यापीकरण विकासोन्मुख देशहरूका घरेलु उद्योगहरूका लागि चुनौती हो । यसले घरेलु बजारमा पनि प्रतिस्पर्धाको वातावरण सिर्जना गरिदिन्छ । मझौला, निम्न तहका र ठुला तहका राष्ट्रिय कम्पनीहरूले बहुराष्ट्रिय निगमहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।











Post a Comment